९० प्रतिशतभन्दा बढी विदेशी लगानी जलविद्युत्‌मा

744
shares
Shine resunga department bank

काठमाडौं । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको

लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायत कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्जानकारहरू बताउँछन् !

 

पछिल्ला तीन आर्थिक वर्ष (चालु आवको पाँच महिना मात्र) मा ३७ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी आएको छ । त्यसमध्ये ३३ अर्ब २३ करोड रुपैयाँ जलविद्युत् क्षेत्रमा आएको छ । यो यस अवधिको कुल विदेशी लगानीको करिब ९० प्रतिशत हो । चालु आर्थिक वर्षको पाँच महिनामा भने ४ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो साढे ३१ प्रतिशत कम हो । यस अवधिमा नेपाल भित्रिएको कुल विदेशी लगानीमध्ये झन्डै ९४ प्रतिशत रकम जलविद्युत् आयोजनामा आएको छ ।

 

पाँच महिनामा सात वटा जलविद्युत् आयोजनामा ४ अर्ब २२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै अरुण तेस्रोमा ३ अर्ब २० करोड रुपैयाँ आएको छ । साथै सालासुंगी पावरमा ११ करोड २२ लाख, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३५ करोड ७९ लाख, अपर मर्स्याङदी हाइड्रोपावरमा ३६ करोड ७ लाख, दिव्यज्योति हाइड्रोपावरमा ५१ लाख, प्यान हिमालयन इनर्जीमा २ करोड ७५ लाख र जीएमआर अपर कर्णाली हाइड्रोपावरमा १५ करोड ७८ लाख रुपैयाँ भित्रिएको छ ।

 

नेपालमा लगानीका अन्य क्षेत्रको तुलनामा जलविद्युत् क्षेत्रमा तुलनात्मक लाभ धेरै रहेकाले पछिल्ला वर्षहरूमा विदेशी लगानीकर्ताको आकर्षण बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । ‘यो क्षेत्रमा उत्पादन सम्भावना राम्रो छ, बजारका लागि छिमेकी राष्ट्रबाट माग आइरहेको छ,’ उनले भने, ‘यो क्षेत्रको लगानीलाई सरकारले प्राथमिकता र विभिन्न सेवा, सुविधा पनि दिएको छ ।’ उच्च प्रतिशत र लगानी सुरक्षित भएकाले पनि विदशी लगानीकर्ताको रोजाइमा परेको उनको भनाइ छ ।

 

आर्थिक वर्ष २०७६र७७ मा नेपालमा कुल १९ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसमध्ये आठ वटा हाइड्रोपावर आयोजनामा ८२।५१ प्रतिशत लगानी आएको छ । आर्थिक वर्ष २०७६र७७ मा ती आयोजनामा कुल १६ अर्ब ७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । नेपाल भित्रिने रेमिट्यान्समा कोभिड–१९ को प्रभाव नदेखिए पनि प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० प्रभावित भएको छ । चालु आर्थिक वर्षका पाँच महिनामध्ये चार महिनामा लगातार विदेशी लगानी घटेपछि यसलाई कोरोनाको प्रभावका रूपमा विश्लेषण गरिएको हो । गत साउनमा विदेशी लगानी ३।३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । भदौमा विदेशी लगानी २३।३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो ।

 

तर असोजमा यस्तो लगानी २६।८ प्रतिशत र कात्तिकमा २४ प्रतिशत घट्यो । मंसिरमा पनि सोही प्रवृत्ति दोहोरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । कोरोनाको कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेको समयमा नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकले बताएको छ । कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएकाले नेपालमा पनि त्यसको असर देखिएको राष्ट्र बैंकको तर्क छ ।

 

विदेशी लगानी भित्र्याउन राज्य स्तरबाट भएका प्रयास पर्याप्त नभएकाले पनि विदेशी लगानी घटेको जानकारहरू बताउँछन् । सरकारले विदेशी लगानीसम्बन्धी ऐन नियमावलीमा केही परिमार्जन गरेको छ । यो राम्रो कदम भए पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ । तर लगानीका लागि अझै पनि जग्गा प्राप्ति, स्थानीय निकायको किचलोलगायत थुप्रै व्यावहारिक कठिनाइ छन् । यही कारण विदेशी लगानीकर्ता स्वस्फूर्त रूपमा आउन सकेका छैनन् । व्यावहारिक जटिलता न्यूनीकरण नगरेसम्म अपेक्षित विदेशी लगानी भित्रिन नसक्ने जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकबाट