काेभिड-१९ अपडेट : १४७ संक्रमित थपिए , १ काे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७७३ परीक्षणमा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्य काठमाडौंमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् ।

हाल देशभर १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro