भारतमा कोरोना बढ्न थाल्यो, नेपालमा सतर्कता अपनाऔँ : मन्त्रालय

Ghorahi cement

काठमाडौं । सरकारले भारतमा कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने , ‘पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ। विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ’, उनले भने, ‘हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ। भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ।’

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशनसमेत दिइसकेको बताए।

Shangri-la Development Bank Ltd.
Nepali patro