ओशो तपोवनमा यौन फ्रि हो ? – यसो भन्छन् अभिनेत्री नम्रता सापकोटा र सोभिता सिंखडा

काठमाडौ । एक अन्तर्वार्तामा अभिनेत्री नम्रता सापकोटा र सोभिता सिंखडा खुबै खुलेर कुरा गरेका छन् ।

उनीहरुले ओशो तपोवनमा के–के हुन्छ भन्ने सबै खुलाएका छन् । उनीहरु दुबै ओशो सन्यासी हुन् । तपोवनमा गएर बेला–बेला ध्यानमा बस्छन् । सोभिता त पूर्ण रुपमा त्यही नै बस्छिन् ।

ओशो समुदाय के हो ? त्यहाँ के–के हुन्छ भन्ने कुरा अलिक बढी सोभिताले खुलाएकी छिन् । मानिसहरु ओशो ध्यान केन्द्र तपोवन जाँदा त्यहाँ कस्तो हुन्छ ? भन्ने प्रश्नमा सोभिता भन्छिन् जोपनि मेरो आनन्द (नीजि खुशी) का लागि मानिसहरु तपोवन जान्छन् ।

 

ओशोको फलोअर्स बन्छन् । त्यहाँ विभिन्न किसिमका कोठाहरु छन् । त्यहाँ बस्दा, खादा वा प्रयोग गरिएका विभिन्न सामानहरुको पैसा तपोवनमा तिर्नुपर्छ । पैसा नभएकाहरु जो ध्यानमा बस्न चाहानुहुन्छ उहाँहरुलाई निशुल्क गरिएको छ ।

लग्जरी तरिकाले बस्न चाहानेहरुलाई स्टार होटलभन्दापनि राम्रो व्यवस्थापनि छ । चार्ज भने त्यही अनुसारको छ । त्यसपछि प्रस्तोताले ओशो तपोवनमा यौन फ्रि छ भनिन्छ, अनेकौँ विवादहरु ल्याइएको छ वास्तविकता के हो ?

 

भनेर प्रश्न गर्छिन् । यसमा सोभिता भन्छिन् । मानिसहरुको दिमाग पैसा, पद र यौनमा छ । यदि यौन फ्रि हुन्थ्यो भने पहिले नै सबै त्यहाँ पुग्थे । नेपाल जस्तो देशमा जहाँ यौन फ्रि छैन ।

 

यदि ओशो आश्रममा फ्रि थियो भने मानिसजति जो कोहीपनि पुग्थे हो । तर ओशो गुरुले यौनका बारमा खुलेर बोल्नुभएको छ । गास, बास, कपास जस्तै जरुरी छ यो विषयमा किन कुरा गरिन्न भनेर कुरा गर्नुभएको छ ।

 

उहाँले यौनका बारेमा खुलेर बोलेका कारण मात्र त्यस्तो सोचिएको हो । त्यहाँ त्यस्तो हुन्न । त्यहाँ एउटा ठूलो समुदाय छ । आफ्ना घरका सदस्यसहित मानिसहरु पुग्छन् । म आफै मेरो वुवा आमासँग बसेकी छु । नम्रता आफ्ना फूपु फूपाजुहरुसँग बसेकिछन् ।

 

सोभितले यति भनेपछि नम्रता त्यही विषयमा थप्छिन् । यौन फ्रि भन्नाले त्यो सोचाई मात्र हो । जहाँसम्म लाग्छ । त्यहाँ बसेर निस्किनुभएको व्यक्तिले त्यसो भन्नु हुन्न । बाहिरको हल्ला भनेको सत्य छ्रैन ।

 

बाहिर बसेर अनेकौँ आँकलन गर्नेहरुको कुरा हो । यौन भनेको यति बलियो छ की मान्छेको दिमागमा त्यही नै बसिरहेको हुन्छ । नेपालमा यस्तो ठाउँ हो की यहाँको बारेमा बोलेका मेरा कति शब्द भाइरल भएका छन् । मैले यौन शब्द उच्चारण गरेको मात्र सुनेर भाइरल गराइन्छ ।

 

तर मैले के भनिरहेको छु भनेर कोही त्यसमा ध्यान दिन्न । मानव जीवनमा ७ वटा चक्र छन् । यौन त एउटा चक्र मात्र हो । अब अरु कति कुरा छन् । मानिसहरु किन यति धेरै सोच्छ । जनबोली

Shangri-la Development Bank Ltd.
Nepali patro