प्रधानमन्त्री संसदीय समितिमा नगएपछि सभापतिले भनिन्– ‘अपमान भयो’

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा उपस्थित नभएर अपमान गरेको टिप्पणी गरेकी छन् ।

समितिको सभाकक्ष सिंहदरबारमा आज बसेको बैठकमा परराष्ट्रनीति कार्यान्वयन र प्रधानमन्त्रीको निकट भविष्यमा हुने अमेरिका भ्रमण, एसपीपी विवादको सम्बन्धमा छलफल हुने कार्यसूची थियो । बैठकमा त्यसका जवाफका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो तर, उनी बैठकमा नगएका हुन् ।

त्यसपछि समिति सभापति खरेलले भनिन्– ‘समयमा खबर नगर्नु अपमान नै हो । हिजोसम्म खबर दिनुपर्ने हो ।’

Shangri-la Development Bank Ltd.
Nepali patro