फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौँ।पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

बुधबार ३१ जना र मङ्गलबार १९ जनामा सङ्क्रमण देखिएको थियो। पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय सङ्क्रमित छन्। आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

 

नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro