कोरोनाबाट थप एक जनाको मृत्यु, थपिए ९१२ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९१२ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ४९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ९४१ जनाको पिसिआर र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७६० जना सक्रिय संक्रमित छन्।

३७० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro