विप्लवहरुलाई कानुन अनुसार पक्राउ गछौं, ३ बुँदे सहमति थाहा छैनः प्रहरी प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीले अदालतको आदेश पालना गर्ने जनाएको छ।

ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि अब के हुन्छ भन्ने बारे जिज्ञासा उत्पन्न भइरहेका बेला प्रहरीले कानुन बमाजिम उनीहरुलाई पक्राउ गरिने स्पष्ट पारेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले घटनाहरुलाई राजनीतिक मुद्धा, सामाजिक या आर्थिक मुद्धा भनेर नछाड्ने बताए। अदालतको आदेश कार्यान्वयन गर्ने आफूहरुको दायित्व भएको उनको भनाई छ।

उनले भने “उहाँहरुलाई २०७५ फागुनमा नख्खुको एनसेल टावरमा विष्फोट गरेको फौजदारी अभियोगमा सम्मानित जिल्ला अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको हो। हामीले सम्मानित अदालतको आदेश पालना गर्नुपर्छ। हामीले त्यसलाई राजनीतिक रुपमा हेर्न मिल्दैन। अदालतबाट अर्को आदेश नआएसम्म हामीले कानुन बमोजिम गर्नु पर्ने हुन्छ”

नियम कानुनको आधारमा रहेर पक्राउ गर्ने दायित्व आफूहरुको भएको भन्दै उनले सरकारसँग नेकपाले गरेको ३ बुँदे सहमतिबारे प्रहरीलाई केहि थाहा नभएको बताए।

Shangri-la Development Bank Ltd.
Nepali patro