गोकुलले राष्ट्रपति भण्डारीलाई गरे एमालेको भावी अध्यक्ष बन्न प्रस्ताव!

काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन प्रस्ताव गरेका छन्।

हाल नागरिकता विधेयक प्रकरणका कारण राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने माग उठिरहेका बेला बाँस्कोटाले राष्ट्रपतिलाई अब कार्यकाल सकिएपछि एमालैकै राजनीतिमा फर्कन आग्रह गरेका हुन।

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरू राष्ट्रपति हुन्छन्’, बाँस्कोटाले ट्विटमा लेखेका छन्, ‘एक मात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन्। मेरो सीधा मत छ– वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।’

राष्ट्रपति भण्डारीलाई केपी शर्मा ओली पछिको भावि एमालेको अध्यक्ष बनाउन सकिने बाँस्कोटाले संकेत गरेका छन्। नेता बाँस्कोटा एमालेमा ओली निकट मानिन्छन्।

 

Shangri-la Development Bank Ltd.
Nepali patro