एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश

Ghorahi cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

महोत्तरी-१ बाट निर्वाचित एमाले सांसद महतो सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा नेपाल प्रहरीको फरार सूचीमा छन्।

तर, फरार सूचीमा रहेका उनले हिजो गृहमन्त्री रवि लामिछानेसँगै संसदमा उभिएर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए। सार्वजनिक रुपमा आलोचना भएपछि बुधबार रविले पक्राउ गर्न निर्देशन दिएका हुन।

काठमाडौंको भृकुटीमण्डपमा आज पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सहभाभी भएपछि पत्रकारहरुसँग कुरा गर्दै रविले हिजो संसदमै उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको जानकारी दिएका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro