‘राष्ट्रपति काँग्रेसको मान्छे बनाउने सहमतिमा प्रचण्डलाई विश्वासको मत’

काठमाडौं । प्राय सबै सांसदको समर्थन पाएर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दिनु धेरैलाई आश्चर्य लाग्यो।

नेकपा (एमाले) सहितका दलको समथर्न लिएर प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत लिनुअघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर समर्थन गर्न आग्रह गरेका थिए।

नभन्दै काँग्रेसले पनि विश्वासको मत दिने निर्णय गर्यो। विश्वासको मत दिन सामान्य भएको र यसबारे सो पार्टीसँग कुनै सहमति नभएको प्रधानमन्त्रीले बताइसकेका छन्।

तर, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोगको अपेक्षासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन्।

कोइरालाका अनुसार राष्ट्रपति र उपराष्ट्र नेपाली काँग्रेसबाट र सभामुखमा नेकपा एमालेका उम्मेद्वारलाई सहयोग गर्ने सहमति भएको हो।

यस्तै, काँग्रेस नेता मोहन बस्नेतले पनि मिलिजुली सरकारको तयारी भएको भन्दै कांग्रेसलाई राष्ट्रपति र एमालेलाई सभामुख गर्नेगरि तयारी भइरहेको बताएका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro