Prabhu Bank
Ismt college

प्रधानमन्त्रीको निर्देशन लगत्तै एक्सनमा उत्रिए सचिव डा. रेग्मी

Kispang gaupalika

काठमाडौं । सरकारी कार्यालयको सेवा प्रवाह चुस्त दुरुस्त बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिए लगत्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदार रेग्मी एक्सनमा उत्रिएका छन् ।

हालै मात्र प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका थिए । खासगरी सरकारी कार्यालयहरुमा देखिएको भीडभाड हटाउनेगरी कार्ययोजना बनाउन निर्देशन दिएका थिए ।

लगत्तै सचिव रेग्मी डिल्लीबजारस्थित मालपोत कार्यालय पुगे । मालपोत कार्यालयमा आकस्मिक निरीक्षणका लागि पुगेका डा. रेग्मीले कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी लिए ।

भूमिसुधार तथा मालपोत कार्यालय सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयहरु मध्येमा गनिने गर्दछ ।

सो निरीक्षणमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पदमनिधि सोतीसमेत सहभागी थिए । उनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीहरुलाई कार्यालयको सेवा प्रवाह गुनासो रहित र झन्झटमुक्त बनाउन र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न अनुरोध गरेका थिए ।

त्यसैगरी उनले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरि भूमि आयोगको काम कारवाही वारे जानकारी लिएका थिए । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको जनाएका थिए । मन्त्रालयको जिम्मेवारी समाल्हेपछि मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासोरिहत बनाउने अभियानमा लागेका सचिव डा. रेग्मीले सचिव संग कार्यालय प्रमुख अभियान कार्यान्वयनमा ल्याइ कार्यालय प्रमुखहरु संग मासिक भर्चुअल बैठक आयोजना गर्दै आएका छन् ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उज्यालो नेटवर्कसँग सचिव डा. रेग्मीले भने, ‘प्रधानमन्त्रीज्युको स्पिरिटअनुसार हामीले काम थालिसकेका छौँ, मातहतका सबै कार्यालयको सेवा प्रवाह चुस्त र दुरुस्त बनाउनेमा हामी जोड रहन्छ ।’

यसको अतिरिक्त उनले भूमी ब्यबस्था र सहकारी ले देशको आर्थिक र सामाजिक बिकसमा गरेको योगदान र यसको प्रबृत्ती विश्लेषण गर्न महाशाखा प्रमुख र बिभागीय प्रमुखहरुलाइ निर्देशन दिइसकेका छन। सहकारीलाइ ब्यबस्थित गर्न स्थिरिकरण कोषको शुरुवात भएको छ र कर्जा तथा बचत सुरक्षाकालागी गृहकार्य को शुरुवात समेत भएको छ।

Bhotekoshi