काठमाडौं परिसरको प्रमुखमा एसएसपी कार्की

काठमाडौं परिसरमा एसएसपी दानबहादुर कार्कीलाई पठाइएको छ भने ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरुवा भएको छ

काठमाडौं । नेपाल प्रहरीका केही एसएसपीको सरुवा भएको छ । सरुवामा काठमाडौं र ललितपुर परिसरका एसएसपीको हेरफेर भएको छ ।

काठमाडौं परिसरमा एसएसपी दानबहादुर कार्कीलाई पठाइएको छ भने ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरुवा भएको छ । त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोज कुमार केसीलाई पठाइएको छ । त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जीवन श्रेष्ठलाई पठाइएको छ ।

गृहमन्त्री रवि लामिछानेले एसएसपी र डिआइजीको काज सरुवा गरेका हुन् । सरुवामा बदनाम अधिकृतले अवसर पाएका छैनन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro