एमालेका सांसद एवं प्रतिनिधिसभाको सभामुख पदमा देवराज घिमिरेको जित सुनिश्चित

“म सभामुख हुने कुरा निश्चित छ: देवराज

काठमाडौं । नेकपा (एमाले)का नेकपा (एमाले)का सांसद एवं प्रतिनिधिसभाको सभामुख पदका उमेदवार देवराज घिमिरेले आफ्नो जित निश्चितसांसद एवं प्रतिनिधिसभाको सभामुख पदका उमेदवार देवराज घिमिरेले आफ्नो जित निश्चित रहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरमा सभामुखका लागि उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले विगतमा भएका कमजोरीबाट सिकेर आउँदा दिनमा सभामुखको भूमिका निभाउने बताए । आफू निर्वाचित भएपछि सांसदहरूलाई सहमतिका साथ अघि बढाउने उनले उल्लेख गरे । उनले सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्यसम्पादन गर्ने बताए ।

 

“म सभामुख हुने कुरा निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधिसभाबाट विजयी भएर जाने हो । प्रतिनिधिसभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कमी नभई भूमिका खेल्छु,” उनले भने, नेकपा (एमाले)ले प्रस्ताव गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रस्तावक हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेन, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको छ । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”

Shangri-la Development Bank Ltd.
Nepali patro