अब सांसदहरुले अपराधी चिनाइदिनुपर्ने हो ?” खतिवडा

सदनभित्र हतकडी लिएर आउनु भनेको छौँ र ? अपराधी पक्रन भनेका हौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले फरार सांसद् लक्ष्मी महतो काेइरीलाई पक्रन सरकार गम्भीर नबनेको बताएका छन् ।

शनिबारको प्रतिनिधिसभामा बोल्दै सांसद् खतिवडाले गृह मन्त्रालयले फरार सांसद् पक्रन पत्र काट्नु अनुचीत रहेको बताएका हुन् । उनले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परेको उल्लेख गरे ।

माननीय सांसदले अपराधी चिनाइदिनुपर्ने हो । अपराधी पक्राउ गर्नुको साटो विज्ञप्ति जारी गरेर बसेको अवस्था छ,” उनले भने, “सदनभित्र हतकडी लिएर आउनु भनेको छौँ र ? अपराधी पक्रन भनेका हौँ । सभामुखसँग रुलिङ मागेका हौँ ।”

उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे । “गृहमन्त्री अपराधी पक्राउ गर्न भन्दा पनि विज्ञप्ति जारी गरेर मिडियामा सस्तो लोकप्रियतामा लाग्नुभएको छ । अब सांसदहरुले अपराधी चिनाइदिनुपर्ने हो ?” खतिवडाको प्रश्न थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro