श्रम मन्त्रीमाथि धर्म परिवर्तन गराएको आरोप

नेपालीहरुलाई विदेश पठाउने म्यानपावर व्यवसायमा संलग्न हुँदाहुँदै स्वार्थ बाझिने गरी श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डोलराज अर्यालमाथि धर्म परिवर्तन गराएको अर्को गम्भीर आरोप लागेको छ ।

मन्त्री अर्यालले कोरियाबाट होली वाइनवाला युनिफिकेसन चर्चका विद्यार्थी ल्याएर नेपालमा धर्म परिवर्तन गराएको आरोप लागेको हो । सामाजिक सञ्जालमा एक जनाले लेखेका छन्, ‘हाम्रो श्रममन्त्री बहुप्रतिभाशाली हुनुहुँदो रहेछ । मेनपावर विदेश सप्लाई गर्ने मात्र होइन, कोरियाबाट युनिफिकेसन चर्चको विद्यार्थी ल्याएर धर्म परिवर्त पनि गर्नुहुँदो रहेछ ।’

सुशासनको नारा दिएर निर्वाचनमा अप्रत्यासित सफलता पाएको रास्वपाले विषय विज्ञलाई सरकारमा पठाउने भन्दै ‘जान्नेलाई छान्ने’ नीति लिएको थियो । तर, स्वार्थ बाझिने गरी नागरिकता विवादमा अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा आफू गृहमन्त्री बनेका सभापति रवि लामिछानेले मेनपावर सञ्चालक रहेका अर्याललाई श्रममन्त्री बनाएको भन्दै चर्को आलोचना भैरहेको छ ।

युनिफिकेसन चर्च’ दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह हो । सो समूहसँगको सम्बन्धलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसमेत बेलाबेला विवादमा पर्ने गरेका छन् । २०७५ सालमा ‘युनिभर्सल पीस फेडरेसन’का नाममा युनिफिकेसन चर्चका तर्फबाट ‘एसिया प्यासिफिक समिट’ हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई होलिवाइन बाँडेको घटनाले ठूलो आलोचना जन्माएको थियो ।

अहिले एमालेको सांसद रहेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि समेत युनिफिकेसन चर्चसँग जोडेर आलोचना हुने गरेको छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro