Prabhu Bank
Ismt college

विमानस्थल प्रमुखको सेफबाट महँगा रक्सी, मोबाइल र लाखौं रुपैयाँ बरामद

डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा पुगेको टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला

Kispang gaupalika

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो छापा मार्ने क्रममा काठमाडौंस्थित आन्तरिक विमानस्थल कार्यालय प्रमुखको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपैयाँ फेला परेको छ । आयोगको टोलीले दिउँसो साढे १२ बजेदेखि छापा मार्न थालेको थियो ।

आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोली त्यहाँ पुगेको हो । डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा पुगेको टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला परेको बताइन्छ ।

त्यसैगरी केही थान मोबाइल,रेड लेबल, ब्लाक लेबललगायत महँगा रक्सी पनि फेला परेपछि निजमाथि अनुसन्धान थालिएको छ । अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरेको छ । उक्त नगद कारोबार कार्यालयको हो वा उनको व्यक्तिगत भन्नेबारे निर्क्यौल हुन बाँकी छ । चुडाललाई प्रहरीले हिरासतमा राखेसङ्गै उनी मुध्दा टुंगो नलागुन्जेलसम्मका लागि स्वत: निलम्बित भएका छन् । जनआस्था

Bhotekoshi