त्रिभुवन विमानस्थलका हाकिम आठ लाख घुस,ब्राण्डेड मोवाइल र महंगा मदिरासहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल तर्फको हाकिम अख्तियारको फन्दामा परेका छन् ।

विमानस्थलको व्यवस्थापन शाखा प्रमुख नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भर्खरै पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उनको कार्यकक्षमा छापा मार्दा ठूलो परिमाणमा महँगा रक्सी र ८ लाख रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।उनको सेफबाट आठ लाख नगद,व्राण्डेड मोवाइल र मंहगा मदिरा भेटिएको अख्तियारका अधिकारीले जनाएका छन् ।

उनलाई भ्रष्टाचार आरोपमा अख्तियारले पक्राउ गरी आफ्नो हिरासतमा राखेको र अनुसन्धान अगाडि बढाइरहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro