नेपालको हरेक विपत्ति र अप्ठ्यारो अवस्थामा सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण

Ghorahi cement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । २२ औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आयोजित कार्यक्रममा सोमबार उनले त्यस्तो बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे । त्यस्तै, उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताएका छन् । सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरूको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा पनि गरे ।

सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा पनि गरे। गृहमन्त्री लामिछानेले यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको पनि जानकारी गराए।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनलाई अब्बल सुरक्षा दस्ताको रुपमा विकास गर्दै लगिएको जानकारी गराए। आजदेखि २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको सशस्त्र प्रहरीले व्यावसायिक कुशलता प्रदान गर्दै आजसम्मको यात्रा तय गरेको बताए। सशस्त्रले यसअघि विभिन्न अग्नि परीक्षामा खरो रुपमा उत्रिएर सङ्गठनको औचित्य पुष्टि गरेको पनि उनले जिकिर गरे। उनले देश र देशवासीको हितलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको सुशासन, समृद्धि र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सशस्त्र प्रहरी निर्दिष्ट योजना कार्यान्वयनमा कटिबद्ध रहेको बताए। सो क्रममा सशस्त्र प्रहरीले कवाज, व्याण्ड, खेलकुद कला तथा कठिन परिस्थितिमा गरिने उद्दार कला प्रस्तुत गरेको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro