संसदभवन अगाडि आत्मदाह प्रयास…

काठमाडौं । संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् । आज दिउँसो ३ बजेर ५ मिनेटमा आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएका आचार्यलाई प्रहरीले उद्दार गरी २० मिनेटमै अस्पताल पुर्याएको थियो ।

घटनास्थलबाट चारवटा बोतल फेला परेको र आचार्यले प्रयोग गरेको ज्वलनशील पदार्थ एसीडजस्तो देखिएको पाइएको छ । उनी शान्तिनगरमा एक्लै बस्दै आएका थिए । उनले आत्मदाह प्रयास गरेको भिडिओमा उनी जल्दाजल्दै ढलेको देखिएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro