माघ १८ गतेदेखि एक महिनासम्म आयोडिन मन्थ मनाइने

काठमाडौं । एक महिनासम्म आयोडिन मन्थ मनाइने भएको छ । आयोडिनयुक्त नूनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

 

सन् २०२३ फेब्रुअरी महिनालाई आयोडिनको कमील हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा माघ १८ गतेदेखी एक महिनाभरी सरकारले आयोडिन मन्थका रुपमा मनाउने भएको छ । यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

 

आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको छ ।

 

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रदर्शनी कक्षास्टल राख्ने जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro