भाग्यमानी श्रीमान र श्रीमती एकैपटक डिएसपी भए

काठमाडौँ।नेपाल प्रहरीमा श्रीमानरश्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) भएका छन् ।

प्रहरीमा पति पत्नी एकै पटक डिएसपी हुने अवसर पाउने शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी हो। उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए। यस पटकको बढुवामा गुरुङसँगै नेपाल प्रहरीका चार महिला इनेस्पेक्टरहरु डीएसपी बढुवाका लागि सिफारिस भएका छन्।

गुरुङ प्रहरी संगठनभित्र उनको व्यावसायिक र निडर अधिकृतको छवि छ। घिमिरे पनि क्षमतावान र व्यावसायिक प्रहरी हुन्। उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro