यो घरजग्गा अपराधिको हो, किनबेच गर्न पाइने छैन

काठमाडौं । महोत्तरीमा एक ७ वर्षीया बालिकाको हत्यामा दोषी ठहर भएर जन्मकैदको सजाय पाएका व्यक्तिको घर स्थानीयहरुले नियन्त्रणमा लिएका छन् । तीन वर्ष अगाडि ७ वर्षीया बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भइ अदालतबाट महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएको अरुण साहको घर तथा जग्गासमेत स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

 

जिल्लाको गौशाला घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएर यो घरजग्गा अपराधिको हो, किनबेच गर्न पाइने छैन भन्नेसूचनासमेत लेखेका छन् । घटना घटेको समयमा आगजनी गरिएको उक्त घरभित्र भने जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि नभएको बताइएको छ ।

 

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुनको शव भोलिपल्ट साहको घर नजिक बोरामा हालेर फालिएको अवस्थामा फेला परेको थियो । बयानका क्रममा साहले आरोप स्वीकार गरेका थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।

 

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro