स्लोभाकिया पठाइदिन्छु भन्दै साढे ८ लाख ठग्ने मधुमाया थापा पक्राउ

काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका ४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाईदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ४ सुकेधाराबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro