नेपाल औषधि लिमिटेडमा जागिर खुल्यो

Ghorahi cement

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धक पदको लागि आवेदन माग गरेको छ । खुला प्रतियोगिताबाट नियुक्त गर्ने भएकाले २१ दिनभित्र आवेदन दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गरेको छ ।

 

जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ तथा कानून विषयमा स्नात्तकोत्तर उत्तीर्ण गरी व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएकाले उक्त पदमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेकाले मात्र आवेदन दिन सक्नेछन् । उम्मेदवारले दरखास्त दिँदा औषधि लिमिटेड सञ्चालनको विषयमा ५ हजार शब्दको व्यावसायिक परियोजना पनि पेश गर्नु पर्नेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro