युवा संघद्वारा राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

 

बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।

 

उनीहरुले देश वेच्न पाईदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरु होसियार लगायतका नारावाजी गरेका थिए । त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro