बुद्ध एअरको विमान बिजुलीको पोलमा ठोक्कियो

काठमाडौं।बुद्ध एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुलीको पोलमा ठोक्किएको छ । दिउँसो पौने ४ बजे भैरहवाबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको उडान नम्बर बीएचए ८५८ को कल साइन ९ एन एओसी विमान रन वेबाट पार्किङतर्फ जाँदा पोलमा ठोक्किएको हो ।

 

आन्तरिक उडानमा प्रयोग हुने विमान पार्किङ गर्ने क्रममा पार्किङ वे का लागि राखिएको फ्लड लाइट र सिसी क्यामरा जडित पोलमा विमानको बायाँ पखेटा ठोक्किएको छ । पोल ढलेको छ भने विमानको पखेटाको लाइट इन्डिकेटर र सेन्सरमा क्षति पुगेको बताइएको छ ।

 

मुख्य पाइलट सिदार्थ थकाली र कोपाइलट सौरभ रौनियार रहेको उक्त विमानका यात्रुहरु सबै सकुशल भए पनि ओर्लंदा त्रसित देखिएको विमानस्थलमा रहेका बुद्ध एअरका एक जना कर्मचारीले बताए ।

Shangri-la Development Bank Ltd.
Nepali patro