विदेशीको उत्पादनमा कहिलेसम्म रमाउने, प्रधानमन्त्रीज्यूँ ? 

 

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । तर, प्रधानमन्त्री निवास बालुवाटारमै स्वदेशी उत्पादनलाई मान्यता दिइदैंन । भारत लगायत विभिन्न मुलुकबाट आयातित वस्तु तथा सेवा उपभोग गरिने बताइन्छ ।

प्रधानमन्त्रीले लगाएको कोट, पेन्ट, दाउरा सुरुवाल, जुत्ता पनि अन्य मुलुकबाटै आयात गरिएको सर्वसाधारण बताउँछन् । अझै प्रधानमन्त्री चढ्ने गाडी त अन्य मुलुकबाटै आएको भन्ने कुरा छलंगै छ । अहिले विपक्ष दलको नेतामा केपी ओली छन् ।

उनले त झन् नेपालको पानी पनि खादैंनन् । दिनको ६० हजार पर्ने पानी पिउँछन्, उनी त्यो पनि विदेशबाट ल्याएर । संघीय सरकारको कृषिमन्त्री वेदुराम भुसाल छन् । मन्त्री क्वाटरमा जाने आमसर्वसाधारण तथा कार्यकर्ता भन्छन्, ‘उनको भान्छामा पनि विदेशमै उत्पादन भएको वस्तु पाक्छ ।’

विदेशबाट नै ल्याइएको लत्ताकपडा पनि उनी प्रयोग गर्छन् । भूमिमन्त्री रन्जिता श्रेष्ठ हुन् । तर, यीनले पनि विदेशमै फलेका खानेकुरा खान्छिन् । नेपालमा उब्जनी हुने खेतीयोग्य जमिन प्लानिङ गरी घर र बाटो बनाउँदा सकिसकेको छ ।

पेट्रोल, डिजेल र ग्याँस तथा माछामासु, दही, दूध, फलफूलगायत दैनिक आवश्यक सामग्री भारतलगायत अन्य देशले नपठाए नेपालमा भोकमारी सुरु हुने छ । अहिले नेपाल र नेपालीसँग ढाका टोपी र नागरिकता मात्र छ । यो बाहेक अरु केही पनि छैन ।

सरकारमा बसेका प्रतिनिधि र राजनीतिक दलहरुले देशलाई अरु देशको व्यापार गर्ने थलो बनाए । हरेक वस्तु विदेशबाट आयात गरिन्छ, यहाँ । यदि विदेशीले पन्ध्र दिन निर्यातमा प्रतिबन्ध लगाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

चार÷पाँच दशकअघि नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । कसैको अगाडि हात थाप्नु पर्दैन्थ्यो । अहिले खाद्यान्नकै लागि विदेशीको गुलामी गर्नुपर्ने परिस्थिति भएको छ । अहिले राजनीतिक दलका नेता, सरकारी कर्मचारी वा आम सर्वसाधारणको घरमा बिहान–बेलुका पाक्ने खानेकुरा सबै विदेशबाट आयातित हो ।

देशको मुद्रा विदेशीले लगिरहेको छ । अर्कोतिर महंगोमा कुहिएको, सडिएको वा विषादी खानेकुरा हामीले खानु परिरहेको छ । आठ दशकअघि मुलुकको जनसंख्या करोड पनि थिएन । अहिले झण्डै तीन करोड पुगेको छ । त्यतिखेर नेपालको भूभाग धेरै थियो । तर, छिमेकी –चीन र भारत) भन्नेहरुले हाम्रो देशको भूभाग कब्जा गरे ।

अहिले मुलुकको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । पाँच प्रतिशत बाँझै छ । बाँकीमा खेतीपाती गरिएको छ । धनी होस् या गरिबलाई बाँच्नको लागि अन्न वा खानेकुरा नै चाहिन्छ ।

हिजो खेतीयोग्य जमिन मासेर घर बनाउनेहरु अहिले कोठा, सटर र फ्रल्याट धमाधम खाली भएपछि आत्तिएका छन् । किनकि सिमेन्टी र डण्डी त खान मिल्दैंन नि । बजारमा खाद्यान्नको मूल्य हप्तैपिच्छे बढेको हुन्छ । पैसा हुनेले त जति महंगो भएपनि किनेर खालान् तर पैसा वा आम्दानी नहुनेहरुले कसरी किनेर खाने ?

के उनीहरु चाँहि भोकभोकै मर्नुपर्ने ? विश्वमा नेपालमा कृषि प्रधान मुलुक भनेर चिनिन्थ्यो । अहिले नेपाल आफ्नो देशका युवालाई सबैभन्दा धेरै खाडीमा बेच्ने मुलुकमा पर्छ । राजनीतिक दलहरुले जनतालाई धेरै आश्वासन दिए । बिडम्वना, उनीहरुकै कारण आज यो अवस्थामा पुगेको छ देश ।

उनीहरु आफु त विदेशीको अगाडि लम्पसार गरे । तर, हाम्रो देश र हामी नेपालीको समेत विश्वसामु शिर निहुराए । अहिले मुलुकमा राजनीति तलमाथि हुने बित्तिकै भोकमारी सुरु हुनेछ । राजनीतिक दल, नेता, सरकारी कर्मचारी र सरकारमा बसेकाहरु नै दलाली भए ।

सरकारले कहिल्यै खेतीयोग्य जमिन बचाउन खोजेन । भूमाफियासँग कमिशन खाएर खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न दिइयो । जग्गालाई उब्जनीको लागि प्रयोग गरेन सरकारले यसलाई व्यापारमा परिवर्तन गरियो । अहिले सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ ।

नेपालमा जति पनि प्राइभेट बैंक छन्, सबैमा विदेशीको लगानी छ । फेरि आम सर्वसाधारणको घरजग्गा, गाडी र सेयर यीनै बैंकको नाममा छ । अहिले सर्वसाधारण बिहान–बेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा उनीहरुले कसरी बैंकको ऋण तिर्छन् ?

२०३९ सालसम्म नेपालले विभिन्न देशमा खाद्यान्न निर्यात गथ्र्यो । कतिपय अवस्थामा अनुदान समेत दिन्थ्यो । अहिले विदेशीले खाद्यान्न नपठाए यहाँ भोकमारी सुरु हुनेछ । जो व्यक्ति हाम्रो देशको पानी समेत खादैंन, ऊ नै अहिले विपक्ष दलको नेता छ ।

जो मान्छे स्वदेशी उत्पादन प्रयोग गर्दैन, ऊ नै देशको प्रधानमन्त्री छ । कहिलेसम्म यीनीहरुले जनतालाई ढाँट्ने ? कहिलेसम्म सञ्चारमाध्यमलाई भ्रममा पारि जनता झुक्याउने ?

यस्ता फट्याहाहरु अझै पनि हामी देशमा विकास गछौं भनेर भाषण गर्छन् त सीधासाधी जनता भने ताली बजाउँछन् । हरियो वन, नेपालको धन भनिन्थ्यो । नेपाललाई जलस्रोतको धनी देश पनि भनिन्छ । यद्यपि, नेपालको वन पनि विदेशीले आफ्नो मुठ्ठीमा लिइसकेको छ ।

त्यस्तै, जलस्रोतमा पनि विदेशीकै कब्जा छ । यो सबै काम राजनीतिक दल र सरकारमा बसेका प्रतिनिधिहरुकै हो । बिडम्वना, हामी जनता पनि यो र त्यो पार्टीको भन्दै देश द्रोहीहरुको झोला बोकेर हिँडिरहेका छौं । हाम्रो देशका राजनीतिक दलका नेताहरुको पृष्पभूमि केलाउने हो भने सबै मान्छे मारेर नै आएका छन् ।

बाटोमा जनताहरु मागेर बसिरहेको देखिन्छन् । उपचार नपाएर अस्पतालमा बन्धक बनाइन्छ, जनतालाई । गरिब जनताका बच्चाहरु पढ्नु पर्ने बेलामा अरुको घरमा थोरै तलबमा काम गर्न बाध्य छन् । तर, देशका राष्ट्रपति भने पेट दुख्नेबित्तिकै जनताले नै तिरेको करबाट उपचार गर्न विभिन्न देश पुग्छन् ।

मुलुकको कुल जनसंख्यामध्ये ९५ प्रतिशत सर्वसाधारण भाडामा बस्छन् । सार्वजनिक यातायात चढ्छन् । त्यँही पनि उनीहरु शिर उठाएर हिँड्न सक्छन् । कसैको अगाडि झुक्दैंनन् । तर, देशका नेताहरु विदेशीका गुलाम हुन् । यीनीहरु विदेशीले जे भन्यो, त्यहँी मान्छन् ।

राजनीतिक दलका नेताहरुले विदेशको बैंकमा पैसा थुपारेका छन् । देशमा अफ्रयाठ्रो परिस्थिति सिर्जना हुनासाथ यीनीहरु मुलुकै छोडेर भाग्नेछन् । नेपालमा आर्थिक मन्दी आएपछि माडवाडीहरु आफ्रनै देशतिर लागेका छन् । यहाँ कमाएको सबै पैसा उनीहरुले आफ्रनै देश लगेका छन् ।

बुढोपाकाले भन्थे , ‘रुखको फल, आँखा तरी मर’ । केही महिनाअघि पूर्वराजा ज्ञानेन्द्र शाहले आफु नेपालमा रहेको र देश नछोडेको भने । अहिले मुलुक विदेशी ऋण फसिसकेको छ । नेपाल केहीमा पनि आत्मनिर्भर छैन । त्यसैलै, अव पूर्वराजा ज्ञानेन्द्र देशमै बसेपनि वा छोडेपनि केही अर्थ छैन ।

विदेशीले ऋण मिनाहा गरे मात्र अब देश जोगिने छ । सरकारले पनि सरकारी कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्छ । पेन्सन कटौती गर्नुपर्छ । यसो गर्दा पनि राज्यलाई केही मात्रामा राहत हुनेछ । अब खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिनहुन्न, सरकारले ।

त्यस्तै, जमिन बाँझो राख्नेलाई पनि कारबाही गर्नुपर्छ । अहिले सबै खेतीयोग्य जमिनमा घर बनाइएको छ । अब त्यो घर भत्किएपछि फेरि बनाउन दिनहुन्न । अनिवार्य खेतीपाती गर्नुपर्ने कानून निर्माण गर्नुपर्छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको आयात र प्रयोगमा रोक ल्याउनुपर्छ । सबै सवारीसाधन विद्युतीय प्रयोग गर्नुपर्छ वा ल्याउनुपर्छ ।

ग्याँसको सट्टामा पनि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिनुपर्छ, सरकारले । आफ्रनै देशमा भएका स्रोत र साधनको सदुपयोग गरी सरकारले देश र जनतालाई बचाउनुपर्छ । तर, यस्तो नगरे अब देश बचाउन गाह्रो छ । अब विदेशीको सामान प्रयोग गर्ने होइन, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ, सरकारले ।

आफु देशको प्रधानमन्त्री हो भनेर झण्डावाला गाडीमा साइरन बजाउँदै हिड्ँने तर सबै सामान भने विदेशबाट आयात गरिएको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro