राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले परीक्षा सम्बन्धि समस्याहरु राख्दै ज्ञापनपत्र बुझाए

1.4K
shares
Shine resunga department bank

 

काठमाडौं।राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले प्राबिधिक तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटी अन्तर्गतको सिप परिक्षण समिति एनएसटिबीले संचालन गर्ने गरेको परिक्षाहरू मर्यादित र ब्यवस्थित बनाउनका लागी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय महासचिब सुजना जोशी लगायतको सौन्दर्यकर्मी टिमले प्राबिधिक तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई भेटी सौन्दर्य क्षेत्रका परीक्षा सम्बन्धि समस्याहरु राख्दै ज्ञापनपत्र बुझाएको छ।

 

उक्त भेटमा केन्द्रिय महासचिब सुजना जोशीले सिप परिक्षणका क्रममा भएका कमी कमजोरीलाई औंल्याउंदै निर्धक्क परीक्षा दिने बाताबरण हुनुपर्ने, परीक्षा केन्द्रमा सिसिटिभी जडान, स्वछन्द र पारदर्शी ढङ्गबाट परिक्षा संचालनका लागी जोडदार माग गरिएको र परीक्षा केन्द्रलाई नियमन र अनुगमन आबश्यक रहेको भन्दै सिटिईभिटी उपाध्यक्षलाई ध्यानाकर्षण गराउनुभएको छ।