अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ
वि.सं.२०८० फागुन १२ शनिवार
shares
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खानलाई पक्राउ गरेको हो ।उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो ।उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ ।पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तरगतको कसूरमा कारबाही प्रक्रिया अघि बढ्ने एसपी बोगटीले बताए ।
वि.सं.२०८० फागुन १२ शनिवार १३:२७