सेवाग्राहीसँग एक लाख घुस लिएका वरिष्ठ हवल्दार सिंह दोषी ठहर
वि.सं.२०८० फागुन १२ शनिवार
870
shares
shares
काठमाडौं । विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो