युरोप पठाइदिन्छु भन्दै रकम ठगी गर्ने बस्नेत पक्राउ

 

काठमाडौं। माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-७ घर भएका ६७ वर्षीय दल बहादुर बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका-१३ राधेमाईबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ

Shangri-la Development Bank Ltd.
Nepali patro