मंगलबार २७ गते सार्वजनिक विदा
वि.सं.२०८० चैत २५ आइतवार
2.8K
shares
shares
स्याङ्गजा । गुरुङ समुदाय साँस्कृतिक पर्व ट्होटेको अवसरमा स्याङ्गजाको फेदिखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । सदावर्ष जस्तै यस वर्ष पनि उक्त गाउँपालिकाले गुरुङ समुदायको साँस्कृति पर्व ट्होटेको अवसरमा चैत २७ गते सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाको चैत १९ गते बसेको कार्यपालिका बैठकले ट्होटे पर्वमा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण संघसंस्था कार्यालयहरु बन्द रहने जनाएको छ ।