हामीसँग रिसाएर आगो छ जापान

Ghorahi cement

 

काठमाडौं।‘जौ खानु, जुँगा पनि निमोठ्नु’ भनेजस्तो विभिन्न परियोजनाका निम्ति दाता चाहिने, अनि कर तिर्नुपर्छ भन्दै दिनुसम्म दुःख पनि दिने ! सर्वसाधारणको हितका निम्ति संरचना बनाइदियो, अर्कोले कमिशनको चक्करमा भाँडेरै छाडिदिने !

 

यस्तो हुँदा दाता भड्किएर फिर्ता हुने खतरा बढेको छ । जापानिज परियोजना जाइकाले नेपालकै पहिलो आधुनिक सुरुङमार्गका रुपमा सिस्नेखोला–नागढुंगाको परियोजनामा काम गरिरहेको छ । दुई हजार पाँच सय ५७ मीटर लामो उक्त सुरुङमार्ग ०८१ सालको पुसदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ जोडतोडले काम भइरहेको छ । त्यसमा जाइकाले २२ अर्ब १४ करोड लागत अनुमान गरी नेपाललाई ४० वर्षका लागि १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । त्यसमा शून्य दशमलव एक प्रतिशत व्याज तिर्नुपर्ने बुँदा छ ।

 

त्यो पनि पछि मिनाहा गर्न सकिने गरी सम्झौता भएको हो । त्यसमा नेपालको खुद लगानी जम्मा ८५ करोडमात्रै हो । नेपाल र जापानबीचको सहकार्य ५० वर्ष पुगेको उपलक्ष्यमा यति सहजताका साथ उक्त परियोजना सम्पन्न हुनै लाग्दा महालेखा परीक्षकले भने कर तिर्नुपर्ने नाममा बेरुजु निकालिदिएको छ । अनुदानमा कर लाग्ने व्यवस्था छैन । गरिदिनु पनि, गाल पनि खानु भएपछि जाइकाले आगामी परियोजनाबारे पुनर्विचार गर्नेसम्मको चेतावनी दिएको छ ।

 

अर्कातिर, नागरिक उड्डयन प्राधिकरणको बदमासीका कारण जाइकाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइदिएको पानीट्यांकी नष्ट गरिएपछि जापानिजहरू रुष्ट छन् । पोखरामा खानेपानी आपूर्ति गर्ने ठूलो परियोजनाका रुपमा वडा नं. १५ स्थित कोलपाटनमा ओभरहेड ट्यांकी बनाइएको थियो । नागरिक उड्डयन प्राधिकरणले त्यसको उचाईले विमानस्थल प्रभावित हुने भन्यो । ३१.८ मीटर उचाईको लक्ष्यका साथ काम शुरु भयो ।

 

तर, २० मीटर अग्लो उक्त ट्यांकीलाई काटेर १५.५७ बनाउनुपर्ने प्राधिकरणको माग थियो । यसपछि २० मीटर उचाई पुग्दा काम रोकियो । त्यसमा जापानले चार अर्ब ३४ करोड ७४ लाख रुपैयाँ अनुदान सहयोगमा काम गरिरहेको थियो । पहिल्यै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) भएको थियो । त्यतिञ्जेल कसैले केही भनेन । विमानस्थल प्रभावित हुन्छ कि भनेर परामर्श गरियो, केही हुँदैन भनेपछि काम अगाडि बढ्यो । तर, काम गर्दागर्दै एकाएक उक्त परियोजना प्रमुखसमेत रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी कमिशनको चक्करमा लागेर खानेपानी परियोजना नै भताभुंग पारिदिए ।

 

(साभार:जनआस्था साप्ताहिकबाट)

Shangri-la Development Bank Ltd.
Nepali patro