प्रचण्ड सरकार अल्पमतमा पर्दै, आफ्नो निजी निवास आजै जाने तयारीमा

वि.सं.२०८१ असार १९ बुधवार
3K
shares
shares

काठमाडौँ । पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवासको सरसफाइका लागि कर्मचारी खटाएका छन् ।
उनको खुमलटारस्थित निवासमा अहिले सरसफाइ चलिरहेको प्रचण्ड निकटस्थले जानकारी दिएका छन् ।
करिब १८ महिना सरकारी निवास बालुवाटार बसेका प्रचण्ड छिट्टै खुमलटार सर्नु पर्ने बाध्यतामा छन् ।
सरकारमा सहभागी एमाले मन्त्रीहरूले आजै राजीनामा दिने भएपछि प्रचण्ड सरकार अल्पमतमा पर्दैछ । उनले राजीनामा नदिए नेपाली कांग्रेस–नेकपा एमालेसहितका दलले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष हस्ताक्षर बुझाउने तयारी थालिसकेको बुझिएको छ ।