एमाले कांग्रेसबाट यी व्यक्तिहरु मन्त्री बन्दै
वि.सं.२०८१ असार २५ मंगलवार
shares
काठमाडौं। मन्त्रीका आकांक्षी घटाउन आगामी कांग्रेस-एमाले सरकारमा उपप्रधानमन्त्री नराख्ने रणनीति रहेको छ । नयाँ सत्ता समीकरण बनाउन प्रयासरत नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रीका आकांक्षी कम गराउन उपप्रधानमन्त्री नराख्ने रणनीति बनाएको बुझिएको छ।
ओली निकट एक नेताका अनुसार कानुनमन्त्री एमालेले पाएको खण्डमा पदम गिरी नै दोहोरिने सम्भावना छ। स्रोतका अनुसार ऋषिकेश पोखरेल, महेश बर्तौला, योगेश भट्टराई सरकारमा सहभागी हुने एमालेका अन्य सम्भावित नाम हुन्।
कांग्रेसबाट मन्त्री बन्नेहरुमा रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, गगन थापा, रामहरि खतिवडा, सीता गुरुङ, राजन केसी लगायतको चर्चा छ। संसदीय दलका प्रमुख सचेतक समेत रहेका रमेश लेखकले भने यसबारेको छलफलले पार्टीमा प्रवेश नै नगरेको बताएका छन्।
राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको रहेको बुझिएको छ । सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने समझदारी जुटेपनि थप छलफल चलिरहको नेताहरुले बताएका छन्।