अरबपति बिनोद चौधरी मन्त्री बन्दै…

1.2K
shares
Shine resunga department bank

काठमाडौं।कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भए संगै ओली सरकारमा मन्त्री बन्न खोज्नेको दौड सुरु भएको छ। कांग्रेस एमालेका सांसद मन्त्री बन्न गच्छे अनुसारको बल लगाई रहेका छन्।

 

नेताका घरमा फन्को मार्नेको ताँती लागेका बेला केही सांसद मन्त्री बन्ने लगभग पक्का छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको नाम सभापति शेरबहादुर देउवाको डायरीमा टिपोट भईसकेको छ। त्यस्तै आरजु राणा,जीवन परियार मन्त्री बन्ने पक्का हुँदा कांग्रेसकै सांसद बिनोद चौधरी पनि मन्त्री बन्नेको सुचीमा अटाउन सक्नेछन् तर उनको लेखक राणा र परियारको जस्तै पक्कापक्की चाँही छैन।

 

चौधरी एमाले हुँदै कांग्रेसबाट अहिले सांसद बनेका छन्। एमालेबाट समानुपातिक सांसद बनेका उनी कांग्रेसका निर्वाचित सांसद हुन्। उनले उद्योग र सहरी विकास मन्त्रालयमा दाबी गरेका छन्। ती मन्त्रालय कांग्रेसको भागमा परे चौधरी मन्त्री बन्नेछन्। तर भागबण्डामा ती दुवै मन्त्रालय एमालेलाई परेको बुझिएको छ। देउवाले विनोदलाई मन्त्री बनाउने भए दुई मध्ये एक मन्त्रालय छोड्न सक्ने संकेत ओलीले दिएका छन्। बिचमा ओलीसंग बिग्रिएको विनोदको सम्बन्ध यतिबेला सुमधुर छ।

 

चौधरीले सहरीमा ज्यादा जोड गरेको श्रोतको भनाई छ। बजेटका हिसाबले पनि सहरी अहिले ठुलो छ। त्यसैले पनि बिनोद सहरी मन्त्रालयको मन्त्री बन्ने एक गोप्य स्रोतले जानकारी दिए ।