राजीनामा दिन्छु भन्नुपर्ने बाध्यता आयो : प्रचण्ड

1.3K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिचान जोगाउन ‘राजीनामा दिन्छु’ भन्नुपर्ने बाध्यता आइपरेको बताएका छन् ।

 

सोमबार चितवनमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बाध्यता आइपरे पनि रास्वपाले राजीनामा दिन्छ भन्ने आफूलाई नलागेको बताए ।

 

“रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर, आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर, मैले बुझेकोमा त्यस्तो केही पनि छैन,” उनले भने ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited