नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

वि.सं.२०८१ भदौ २० बिहीवार
921
shares
shares

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो
सो समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वीसुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन्।