तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ : कृषिमन्त्री रामनाथ अधिकारी

570
shares

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको वताउनुभएको छ । काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन भन्नुभयो ।

 

आफुले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको वताउनुभयो । तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको वताउनुभयो ।

 

विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गर्नूभयो । किसान र सम्वन्धीत निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफु लागेको मन्त्री अधिकारीले वताउनुभयो ।  

 

किसानको उत्पादन सहर सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै कृषि वजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।

Nepali patro