स्वास्थ्य सेवा विभागको महानिर्देशकमा देवकोटा नियुक्त
वि.सं.२०८१ असोज ७ सोमवार
438
shares
shares
काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघि लुम्बिनी प्रदेशको स्वास्थ सचिव भइसकेका डा. देवकोटा स्वास्थ्य मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव हुन् । विभागमा १२ औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था छ ।
डा. देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा तानिएकी छिन् ।
वि.सं.२०८१ असोज ७ सोमवार ०९:५५