एमालेको सामाजिक सेवा केन्द्रले सुरु गर्यो बाढी पहिरो पीडितलाई राहत वितरण
वि.सं.२०८१ असोज १५ मंगलवार
shares
काठमाडौँ । नेकपा एमालेले स्थापना गरेको सामाजिक सेवा केन्द्रले बाढी पहिरोबाट प्रभावितहरूलाई उद्धार र सहयोग वितरणको काम निरन्तर अघि बढाएको छ ।
प्राकृतिक विपद्मा परेका काठमाडौं उपत्यका तथा देशभरका पीडितलाई सहयोग गर्न सुरु गरिएको सामाजिक सेवा केन्द्रका संयोजक मोतीलाल दुगडले जनकारी दिनुभयो । एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहनुभएका दुगडले उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेको बताउनुभयो । ‘तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेका छौँ, राहत चाहिनेका लागि त्यसको समेत बन्दोबस्त गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार उद्धार र राहतको काममा खटेको दुगडले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले विदेशमा रहँदा नै जतिसक्दो चाँडो उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएका थियो, सोही निर्देश अनुसार हामी खटी रहेका छौँ’, उहाँले भन्नुभयो ।
एमालेको सामाजिक सेवा केन्द्रबाट यस पटकको बाढी, पहिरो र चुवान पीडितलाई एक करोड रुपैँया बराबरको राहत वितरण गर्ने योजना पनि उहाँले सुनाउनुभयो ।
२०७८ सालमा कोभिडको समयमा सस्यमा परेकालाई सहयोग गर्न एमालेले सामाजिक सेवा केन्द्र स्थापना गरेको थियो । सो केन्द्रले विभिन्न विपदमा परेकालाई निरन्तर सहयोग गर्दै आएको छ ।
वि.सं.२०८१ असोज १५ मंगलवार ०९:३६