ज्येष्ठ नागरिक दिवस र ज्येष्ठ नागरिकहरुप्रतिको सम्मान

879
shares
Shine resunga department bank

 

मातृ देवो भवः पितृ देवो भवः अर्थात् आफूलाई जन्म दिने आमा बुबा देवता समान हुन् । हाम्रो घरघरमा रहेका ज्येष्ठ नागरिक र हाम्रो घरको पूजाकोठामा सजिएको देवता, यी दुवै समान हुन् । घरमा ज्येष्ठ नागरिक हुनु, लच्छिनको प्रतीक मानिन्छ । जुन घरमा ज्येष्ठ नागरिक हुन्छन्, ती घरमा साक्षात भगवानको बास हुन्छ ।

ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरूहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवा आमालाई वृद्धाश्रम पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।उमेर ढल्कँदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाइको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ ।

आम ज्येष्ठ नागरिक जिउँदो देवता हुन्। नेपालीमा उखान छ, आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको (बूढाबूढीको) । यसरी, ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् ।सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवसमनाईन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ । सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको जेष्ठ नागरिकहरुप्रति सम्मन देखाउदै आएको छ । यधपि पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रोसमाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ । विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। नेपालको संविधानले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । नेपालको संविधान–२०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन ग¥यो।संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ देखि इन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो । वर्षेनि विश्व अल्जाइमर चेतना दिवस, २१ सेप्टेम्बर मनाउने गरिएको छ । यसैगरी, वर्षेनि ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस, १५ जून मनाइन्छ ।विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा १० प्रतिशत रहेको अनुमान छ । यो जनसंख्या वर्षेनि बढ्दो छ । ज्येष्ठ नागरिकको विश्व जनसंख्या वाषिर्क ३.५ प्रतिशतले बढिरहेको र सन् २०५० सम्ममा करीब २१ प्रतिशत हुने अनुमान छ । सन् २०५० मा ज्येष्ठ नागरिकको कुल संख्या १० वर्ष मुनिका कुल बालबालिका भन्दा बढी हुनेछ ।नेपाली समाज सन् २०३० देखि एजिङ सोसाइटीमा प्रवेश गर्नेछ भने सन् २०५६ देखि एज्ड सोसाइटीमा प्रवेश गर्ने अनुमान छ ।

नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐनमा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने भनिएको छ । ऐनमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ भन्नुका अतिरिक्त उहाँहरूको पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनिएको छ । यस अतिरिक्त, ज्येष्ठ नागरिकले आफ्नो सम्पत्ति आफूखुशी गर्न पाउनेछ र उहाँहरूलाई सार्वजनिक यातायातमा दुई सिट आरक्षण हुने र ५० प्रतिशत भाडामा छूट हुनेछ भनिएको छ । यी सबै प्रयोजनका लागि ज्येष्ठ नागरिकलाई राज्यले परिचयपत्र उपलब्ध गराउनेछ ।

हाल राज्यले ज्येष्ठ नागरिकलाई मासिक रु.४ हजार भत्ता दिएको छ । हाल राज्यले एक लाख प्रिमियम सहितको स्वास्थ्य बीमा गरिदिएको छ, यसलाई क्रमशः रु.५ लाख र रु.१० लाखमा वृद्धि गर्नुपर्छ । हाल राज्यले अल्जाइमर पीडित ज्येष्ठ नागरिकको औषधि उपचार खर्च बापत मासिक रु.५ हजार दिने व्यवस्था गरेको छ, यसमा पूरै उपचार निःशुल्क हुनुपर्छ ।हाल काठमाडौंको गोठाटारमा अस्पतालको सुविधा सहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने घोषणा भएको छ ।प्रदेश–१ ले ९० वर्ष माथिका लागि वाषिर्क रु.५ हजार सम्मान स्वरुप प्रदान गर्दै आएको छ । प्रदेश–२ ले प्रत्येक जिल्लामा वृद्धाश्रम निर्माण गर्दैछ । वागमती प्रदेशले युवा स्वयंसेवकबाट ज्येष्ठ नागरिकको स्याहारसुसार गराउने सोच लिएको छ । गण्डकी प्रदेश ठूला वृद्धाश्रममा सुसारेको दरबन्दी सृजना गर्न प्रतिबद्ध छ । लुम्बिनी प्रदेशले ८४ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा दिइआएको छ । कर्णाली प्रदेशमा मनमोहन ज्येष्ठ नागरिक कार्यक्रम संचालनमा छ । सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम लागू छ । यसरी प्रत्येक प्रदेशले लागू गरेको असल अभ्यासलाई अन्य सबै प्रदेश सरकारहरूले अनुसरण गर्नुपर्छ ।केही स्थानीय तहहरूले पनि ज्येष्ठ नागरिकलाई घर वा अस्पतालमा पुगेर भत्ता दिने, विदुर भत्ता दिने, ज्याकेट,थर्मस, सिरक, ब्ल्याङ्केट र सम्मान पत्र बाँड्ने, निःशुल्क यातायातको परिचय पत्र दिने, निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने र ज्येष्ठ नागरिकबाट सडक उद्घाटन गराउने जस्ता अनुकरणीय काम गरिआएका छन् ।

समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ । ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिपूर्ण पाका प्रज्ञा हुन् । ‘ लागि ज्येष्ठ नागरिकलाई आदर गरौं, कदापि तिरस्कार नगरौं । ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौं । ज्येष्ठ नागरिकको अधिकारको संरक्षण गरौं । उमेरजन्य विभेदको अन्त्य गरौं जस्ता सद्विचारमा अघि बढ्नुपर्छ ।

Sharestha treating