प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक
वि.सं.२०८१ कात्तिक ४ आइतवार
shares
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गोरखा मिडिया नेटवर्कका तत्कालीन कार्यकारी निर्देशक राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी हुनु र गालीगलौज गर्नु अत्यन्त आपत्तिजनक रहेको बताउनुभएको छ ।
केपी ओलीले व्यक्तिगत रूपमा लगाएको गुन समेत बिर्सिएर लामिछाने ओली प्रति कृतघ्न व्यवहार देखाएको रिजालको भनाई छ । ‘व्यक्तिगत रूपमा दुई पटक रविलाई गृह मन्त्री र उपप्रधानमन्त्री बनाइदिने र संसदीय छानबिन समिति बनाउँदा पनि व्यक्तिको नाम किट्नु पर्दैन भन्ने नेताविरुद्ध व्यक्तिगत तहको गालीगलौजमा उत्रिनु कृतघ्नताको नमुना हो’, सामाजिक सञ्जाल फेसबुकमा रिजालले लख्नु भएको छ ।
रविलाई सहकारी ठगीमा कारबाही हुनै पर्छ भनेर संसद् अवरुद्ध गर्ने तत्कालीन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक अहिले गृह मन्त्री भएको उहाँले स्मरण गराउनुभएको छ । ‘रविजी गृह मन्त्री हुँदा कैलाश सिरोहियालाई पक्रेर जनकपुर पठाएँ, अब फलानीलाई पक्रेर ट्रकमा हालेर टिकापुर पुर्याउँछु भन्ने दम्भ सुन्नेहरू पनि होलान्, यी सबैका बाबजुद अदालतको अनुमति लिएर मात्र अघि बढ्ने प्रहरीको कानुनसम्मत कदम रविजीका पालामा कैलाश सिरोहियालाई जस्तो पहिले पक्रेर पछि अदालतबाट अनुमति लिएको होइन, सुझबुझपूर्ण र परिपक्व छ’, उहाँले लेख्नु भएको छ ।
कानुनी प्रतिरक्षाबाहेक रास्वपाका नेता–कार्यकर्ताले प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा जति गाली गर्याे त्यति गाह्रो मात्रै पर्दै जाने उहाँले चेतावनी दिनुभएको छ ।































