आजको तरकारी तथा फलफुलको मुल्य कति छ हेर्नुहोस्

966
shares
Nabil bank

 

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार कालिमाटीमा आज ठूलो गोलभँेडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेँडा ५०, तितो करेला १००, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी १२०, बरेला ७०, पिडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुल्ला १३०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै, रातो आलु ६०, सेतो आलु ४०, प्याज सुकेको ६५, गाजर लोकल ९०, गाजर तराई ९०, बन्दा लोकल ५०, बन्दा तराई ३५, बन्दा नरिवल ४०, स्थानीय काउली ५०, स्थानीय काउली ज्यापु ७०, तराई काउली ४०, सेतो मुला ३५, लाम्चो भान्टा ७०, डल्लो भान्टा ६०, तने बोडी १२०, मटरकोशा १५०, घिउसिमी लोकल ९० र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलोम बिक्री भएको छ ।

यसको साथै, केरा दर्जन १५०, स्याउ फूजी २३०, अनार ३५०, सुन्तला नेपाली ९०, मेवा नेपाली ६० रुपैयाँ प्रति केजी विक्रि भईरहेको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited