प्रतिभा रावल रास्वपाकी कार्यवाहक प्रवक्ता

वि.सं.२०८१ माघ ४ शुक्रवार
855
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
हालका कार्यवाहक प्रवक्ता मनीष झा माघ ३ गतेदेखि ३० गतेसम्म निजी काममा व्यस्त हुनुहुने भएकाले उक्त अवधिका लागि रावललाई नयाँ कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ ।रावल हाल पार्टीकी सहप्रवक्ता हुनुहुन्छ।