वामदेव गौतम एमालेमा फर्किने

1.4K
shares
Shine resunga department bank

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम भोलि एमालेमा फर्किने भएका छन् ।

 

आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ ।

 

उनले भने, ‘हाम्रो व्यवस्थापनबारे पार्टीले आज केही निर्णय लियो भने हामी भोलि प्रवेश गर्छौं ।’

 

सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको गौतमले बताए ।

 

‘जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश्य सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने नै हुन्छ,’ उनले भने ।

Can