नेकपा माओवादी केन्द्रले तीन जनालाई पदमुक्त गर्यो

1.8K
shares
Shine resunga department bank

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन जनालाई पदमुक्त गरेको छ। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा गण्डकी प्रदेशका गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको जानकारी दिइएको छ।

उनीहरु पार्टीको काममा निस्क्रिय रहेको र वैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको सर्कुलरमा उल्लेख छ।

माओवादीले गण्डकी प्रदेशका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको  जनाएको छ।