दुई निर्माण कम्पनी एक वर्षका लागि कालो सूचीमा

1.2K
shares
national life insurances
Nabil bank

 

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार दुई निर्माण कम्पनीलाई काली सूचीमा राखिएको हो ।

मुख्य व्यक्ति अमृतदेव वैश्य रहेको अमृता इन्जिनियरिङ विराटनगर र मुख्य व्यक्ति अनिल श्रेष्ठ रहेको श्री स्मार्ट पावर प्रालि, बल्खुलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती दुवै निर्माण व्यवसायी कम्पनीलाई एक एक वर्षको लागि कालो सूचीमा राखिएको बताइएको छ

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited