वडाध्यक्ष रामदेनी मुखियाको निधन

969
shares
Shine resunga department bank

 

रौतहत । रौतहट माधवनारायण नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । वडाध्यक्ष मुखियाको शनिवार विहान असामायिक निधन भएको हो ।

केही वर्षदेखि क्यान्सरसँग लड्दै आएका वडाध्यक्ष मुखियाको शनिवार विहान ७ बजे निधन भएको उनका छोरा राम कलेबर मुखिया बिनले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्ष मुखिया लामो समयदेखि क्यान्सरको उपचारसँगै चिकित्सकको निगरानीमा थिए । माधवनारायण नगरपालिका वडा नम्वर ४ विशुनपूर्वा मानपुर गाउँ भएका वडाध्यक्ष मुखियाको निवासमा नै निधन भएको परिवारले जनाएको छ ।

नेकपा माओवादीका जिल्ला इन्चार्ज एवं संविधान सभा सदस्य अशोक जयसवालले पार्टीमा लामो समयदेखि आवद्ध रही काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन ।

एक शोक विज्ञप्ति जारी गर्दै उनले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । नेकपा माओवादीबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा मुखिया लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यस्तै २०७४ को चुनावमा पनि उनी माओवादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका व्यक्ती हुन ।